
पूर्णपुष्टि, फागुन २८ ।
मदनभण्डारी राजमार्ग अन्तरगत उदयपुरकाे नेपालटार-गाईघाट सडकखण्डकाे त्रियुगा नगरपालिका ७ कालिखाेला हाेक्सेमा आज विहान बस र माेटरसाईकलकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ ।
ईलामबाट काठमाडाै जाँदै गरेकाे प्रदेश १ -०१ -०१६ प ४६७ नम्बरकाे माेटरसाईकल र कटारीदेखि धरानतर्फ जाँदै गरेकाे स १ ख ८१६ नम्बरकाे बसबीच ठक्कर खाँदा माेटरसाईकल चालक ईलामकाे सुर्याेदय नगरपालिका-११ का २३ वर्षिय प्रदित राईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनास्थलमा गम्भीर घाईते राईकाे उपचारकाे क्रममा उदयपुर अस्पतालमा मृत्यु भएकाे हाे । झापाली राईडर लेखिएकाे स्टिकर रहेकाे माेटरसाइकल पूर्ण क्षती भएकाे छ भने बसमा पनि क्षती पुगेकाे छ ।
