Saturday, June 20News That Matters

उदयपुरकाे सम्पुर्ण काेराेना खबर : काेराेना खबर अपडेट, १८ जेठ २०७८

१.

विरामीको उपचारमा खटिदा खटिदै कोरोना संक्रमित हुनुभएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डाक्टर निमित्व मेडिकल सुपरिटेन्डेन्ट जीवनारायण मण्डलले कोरनालाई पराजित गर्नु भएको छ । १४ दिन आइसोलेशनमा बसेर कोरोना मुक्त भएपछि हिजोदेखि उहाँ काममा फिर्नु भएको छ ।

जिल्ला अस्पतालमा हालसम्म वहाँ लगायत २० जनालाई संक्रमण भएकोमा १२ जना निको भइसकेका छन् ।

डाक्टर मण्डल लगायत २ जना डाक्टर, ७ जना नर्स, प्रशासन कर्मचारी ४ जना, कार्यालय सहयोगी ३ जना, चालक १ जना काउन्टरका कर्मचारी १ जना र एक्सरे विभागका १ जना संक्रमित भएका हुन् ।

जसमा मेसु मण्डलसहित नर्सहरु ५ जना, प्रशासनका ३ जना, चालक १, एक्सरेका १ र काउन्टरका १ गरी १२ जना निको भएका छन् । बाँकी ८ जना होमआइसोलेशनमा रहेका छन् ।

उदयपुरमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजार १६ पुगेको छ । आज ४७ जना संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्याले हजार नाघेको हो ।

स्वास्थय कार्यालय उदयपुरका अनुसार पछिल्लो समय ११६ जनाको परिक्षण गरिदा २३ महिला र २४ पुरुष गरी ४७ जना संक्रमित थपिएका हुन् । थपिने संक्रमितहरु त्रियुगाको १७, बेलकाको १० लिमचुङबुङको ८, रौतामाईको ६ र चौदण्डीगढीको ६ जना रहेका छन् । उदयपुरमा निको हुनेको संख्या २३९ पुगेको छ भने मृत्यु हुनेको संख्या ३५ रहेको छ । उदयपुरमा कुल संक्रमितको संख्या १ हजार २९० हो ।

उदयपुरमा अधिकांश कोरोना संक्रमित होम आइसोलेशनमा छन् । जिल्लाको आजसम्मको सक्रिय संक्रमित १ हजार १६ जना मध्ये ९६३ जना होम आइसोलेशनमा छन् । संस्थागत आइसोलेशनमा ५३ जना छन् ।

स्वास्थ्य कार्यालयले लक्षण नदेखिएका र स्वास्थ्य समस्या जटिल नभएकालाई होमआइसोलेशनमा पठाउने गरेको छ ।

सबै संक्रमितलाई संस्थागत आइसोलेशनमा राख्न सक्ने अवस्था पनि छैन । जवकी जिल्लामा आइसोलेशन बेड १ सय ९४ रहेका छन् । जिल्लामा धेरै जसो संक्रमित होमआइसोलेशनबाटै निको भएका छन् । होम आइसोलेशनमा बस्दाको क्रममा जटिलता देखिए तत्कालै अस्पताल जाने ब्यवस्था पालिकाहरुले मिलाएका छन् ।

विरामीको अवस्था हेरेर संक्रमितलाई जिल्लाको अस्पताल तथा आइसोलेशनमा लगिने गरिएको छ । चिकित्सकको तत्काल रेखदेख र उपचार आवश्यक परेकालाई जिल्ला अस्पताल उदयपुर, कारोना अस्पताल बेल्टार, गाईघाट मदनभण्डारी आँखा अस्पताल, कटारी अस्पताल, कटारी ताराघारी आइसोलेशनमा पठाउने गरिएको छ । साथै नगर अस्पताल बेलका र लिम्चुङबुङ बराहा आइसोलेशनमा पायक हेरेर पठाउने गरिएको छ ।

होम आइसोलेशन आवश्यकता कि बाध्यता भन्ने प्रशंग छ । यस सन्दर्भमा जिल्ला अस्पतालका प्रमुख डाक्टर जीवननारायण मण्डडलले अहिलेको अवस्थामा लक्षण नदेखिएका र स्वास्थ्य समस्या जटिल नभएका संक्रमितले घरमै बस्न उचित बताउनु हुन्छ । परिवारमा रेखदेख गर्ने वा वस्ने वातावरण राम्रो नभएकाको हकमा भने संस्थागत आइसोलेशनमा बस्नुपर्ने उहाँको भनाई छ ।

व्यवहारिक हिसावले अहिलेसम्म होम आइसोलेशन प्रभावकारी देखिएको उहाँको भनाई छ । कतिपय अवस्थामा सरकारले बनाएको आइसोलेशन बेड खाली नहुदा बाध्यताबस पनि बस्नुपर्ने हुन्छ, तर अहिले उदयपुरमा यो अवस्था आएको छैन ।

कोरोनाले उदयपुरमा एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ घर भएका दाजुभाइको मृत्यु भएको हो ।  केही दिनअघि नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा ४५ वर्षिय भाइको मृत्यु भएको थियो । सोही अस्पतालमा उनको दाजुको पनि आज मृत्यु भएको आफन्तजनले जानकारी दिएका छन् । मृतक दाजुभाइको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा पनि घर रहेको छ ।

भुतपूर्व विद्यार्थी २०५४ गाईघाट ब्याजी समुहले कोरोना विपदमा परेका विपन्न परिवारलाई राहत प्रदान गरेको छ । समुहले त्रियुगा नगरपालिकाको १० र १२ वडाका २५ घरलाई खाद्यन्न प्रदान गरेको हो । उनीहरुले चामल, चिउरा, नुन, तेल, आलु, दाल वितरण गरेको समुहका सदस्य कुमार मोतेले जानकारी द्एिका छन् ।

उदयपुरको बेलकामा निर्माण हुने अक्सिजन प्लान्टका लागि रौतामाई गाउँपालिका अन्तर्गत शिक्षा शाखा प्रमुख गोविन्द कार्की लगायत अन्य २९ जना विभिन्न विद्यालयका शिक्षकहरुले ३० हजार रकम सहयोग गरेका छन् । बेलकाका मेयर दुर्गाकुमार फेसबुक स्टाटसमा जानकारी लेख्दै सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।

उदयपुर कोरोना अस्पताल बेल्टारलाई प्रवासका नेपालीहरुले एकलाख रुपैया सहयोग गरेका छन् । उदयपुरे युवाहरुको संस्था उदयपुर प्रवासी सेवा समाज दोहा कतारले आर्थिक संकलन गरी सहयोग गरेको हो । सो रकम अस्पताल ब्यवस्थापनको लागि दिएको संस्थाका पूर्व अध्यक्ष होम बस्नेतले जानकारी दिए

लिम्चुङबुङलाई ६० हजार बराबरको ७५ वटा एन्टिजेन कीट सहयोग मिलेको छ । पालिकाको वडा नं. १ का नयन चामलिङको पहलमा उहाँ काम गर्ने संस्था हुसेन्ना बाइबल बप्तीस चर्च काठमाडौंबाट सहयोग भएको पालिकाका निमित्त स्वास्थ्य इन्चार्ज कर्णशेर राईले जानकारी दिनुभएको छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या सयको अंकमा भइरहदा आज भने घटेको छ । आज ६८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

नेपालमा परिक्षणसंगै संक्रमित भेटिने क्रम पनि छ भने संक्रमितहरु निको हुने क्रम भने बढिरहेको छ । गएको २४ घण्टामा नेपालमा ६ हजार ८५ जना संक्रमित थपियो । योसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

पछिल्लो समय निको हुनेको संख्या ६ हजार ८९८ जना थपिएको हो । योसंगै नेपालमा निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।

विश्वमा कारोना संक्रमितको संख्या १७ हजार १४ लाख ७३ हजार ७४२ पुगेको छ । निको हुनेको संख्या १५ करोड ३७ लाख ८१ हजार ४४६ पुगेको छ । मृत्यु हुनेको संख्या ३५ लाख ६५ हजार २७४ पुगेको छ । विश्वमा सक्रिय संक्रमित भने १ करोड ४१ लख २७ हजार २२ रहेको छ ।

विश्वमा गएको २४ घण्टामा ४ लाख ३४ हजार ३० जना संक्रमित थपिएको हो । त्यस्तै निको हुने ६ लाख ३१ ह्जार ५२६ जना थपिएको हो । मृत्यु हुनेको संख्या ८ हजार ३५३ जना थपिएको हो । विश्वमा सक्रिय संक्रमित घटेको छ । २ लाख ५ हजार ८४९ जना सक्रिय संक्रमित घटेको हो ।