पूर्णपुष्टि, मंसिर १४
पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल सिस्टम र प्रयोगहरु व्याप्त हुन थालेको छ । प्रविधिमय क्रियाकलापले मान्छहरुलाई नजिक बनाउँदै गर्दा व्यवसाय र उद्यमीहरुमा पनि यसको आकर्षंण बढेको छ । बुधबार गाईघाट स्थित उदयपुरका उद्यमी तथा व्यवसायीहरुलाई डिजिटल मार्केटबारे एक दिने तालिम दिईएको छ । उनिहरुलाई प्रविधिबाट व्यापार व्यवसायलाई कसरी बढाउने र प्रचार प्रसारमा कसरी जोड्ने भन्ने बारे प्रष्ट पार्न प्रशिक्षण दिईएको थियो । ठुलो डटकमको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग माहासंघको सहकार्यमा जिल्लाभरीका व्यवसायीहरुलाई बृहत प्रशिक्षण दिईएको हो । अहिले मानिसहरु बिभिन्न सामाजिक संजालहरु फेसबुक, इन्स्टा, भाईबर, जिमेल, टिकटक लगायतको माध्यमबाट रामाउने काम मात्रै गरिरँहदा उद्यमीहरुले भने यसलाई आर्थिक आम्दानीको रुपमा पनि प्रयोग गर्न खोजेको जनाएको छ । उद्यमी व्यवसायीहरुले आफुले प्रयोग गर्ने कुनै पनि संञ्जालहरुबाट आफ्नो उत्पादन तथा सिपका प्रचार सँगै प्रविधिको रियाक्सन बाट राम्रो आर्थिक आम्दानी गर्न सकिने कुरामा तालिमले जोड गरेको छ । ठुलो डटकमका सिईओ राजाराम नेपालले डिजिटलको माध्यमबाट व्यपार व्यवसायहरुलाई अपार बनाउन सकिने जनाएको छ । उनले अब प्रत्येक उद्यमीहरु डिजिटल प्रविधि सँग जोडिनु पर्ने र त्यसको प्रयोगमा दख्खल राख्नु पर्नेमा जोड गरे । उनले फेसबुकको माध्यमबाट व्यवसायी पेज नै प्रयोगमा ल्याएर आफ्नो व्यवसायीलाई फलदायी तर्फ लैजान समेत उद्यमीहरुलाई आग्रह गरे ।

अहिले मानिसहरु अधिकांस रुपमा इन्टरनेट सँगै व्यस्त हुने हुँदा इन्टरनेट सँग जोडिने सोसियल माध्यम अर्थात सामाजिक संजालबाट आफ्नो ग्राहकहरुलाई नजिक बनाउन सकिने जनाए । व्यवसायीक पेजले उद्यमीहरुलाई सक्रिय र प्रोत्साहनमा समेत दख्खल रान्ने र आफ्नो उत्पादन अन्तराष्ट्रिय स्तरमा समेत देखाउन सकिनेछ । पेजको रियाक्सन अर्थात भ्युज, लाईक कमेन्टको आधारमा पनि गुगलले पैसा उपलब्ध गराउन सक्छ । त्यो पनि डिजिटल माध्यमबाट आम्दानीको उपलब्धी हो तालिममा भनिएको छ । घरेलु माहासंघका अध्यक्ष मधुकर थापाले यस कार्यक्रमबाट जिल्लाभरीका उद्यमीहरुले डिजिटल माध्यमका प्रयोग र सामाजिक संञ्जालको भरपुर सदुपयोग गर्नेमा ढुक्क रहेको जनाए । प्रविधि सिस्टम अनुसार आजको मान्छेहरु नचले पछि परिने भन्दै डिजिटलको माध्यमबाट प्रत्यक्ष रुपमा आर्थिक आम्दानीमा उदयपुरका उद्यमीहरु जोडिने उनले बताए । प्रशिक्षणमा उपस्थित ज्ञानु प्रदानले अनलाई मार्केटका लागि डिजिटल माध्यम अत्यावश्यक रहेको जनाईन् । नेपाल कपडा तथा सिलाई व्यवसायी संघकी जिल्ला अध्यक्ष समेत रहेकी प्रधानले आफ्नो उत्पादनलाई हरेक प्रविधिको माध्यम सँग नजिक राखे व्यवसायीमा थप सफलता मिल्ने कुरामा प्रष्ट भएको जनाईन् ।
