Thursday, August 6News That Matters

गाईघाटको मेन चोकमा राखियो गाईको प्रतिक

पूर्णपुष्टि, मंसिर १४
उदयपुरको सदरमुकाममा गाईघाटका पहिचान झल्काउने गाईको मुर्ति राखिएको छ । गाईघाट नाम रहन गएकोमा गाईको मुख्य भुमिका रहेको भन्दै यसको मुर्ति राखिएको हो । लामो समयदेखी गाईको मुर्ति राख्ने सम्बन्धमा बिभिन्न पहलहरु भएपनि उक्त सफल भएका थिएन । सो ठाउँमा प्रतिष्ठित व्यक्ति तथा पहिलो मेयर स्व. लालशेर राईको शालिक राख्ने पनि भनिएको थियो । तर त्यो पनि सफल हुन सकेन । गाईघाट बजारको मुख्य चोकमा बाच्छोसहितको गाईको स्तम्भ राखिएको हो ।

उक्त प्रतीकलाई चारै दिशाबाट अवलोकन गर्न सकिनेछ । जिल्लाको केन्द्रमा राखिएको गाईको प्रतीकले गाईघाट मात्र नभई सिङ्गो उदयपुरकै पहिचानको आभास दिलाउनेछ । त्रियुगा नगरपालिकाको लगानीमा गाईको प्रतीकसहितको स्तम्भ निर्माण भएको हो । यसको रङ्ग रोगनसहितको फिनिसिङ र उद्घाटनको काम भने बाँकी नै छ ।