पूर्णपुष्टि, मंसिर १४
उदयपुरका राजन किँराती राजनितिक हारको उदाहरणीय व्यक्ति पनि हुन् । उनी यस भन्दा पहिले दुईपटक चुनाव हारेर राजनितिक क्रियाशिलबाट ओझेलमा पर्दै आएका थिए । कुनै समय माओवादीको बजबुत नेताको रुपमा गनिने “किँराती” ६४ साल र ७० सालको संविद्यान सभा सदस्य उम्मेदवारमा पराजित बनेपछि खासै राजनितिक क्रियाशिलतामा देखिएन । पछिल्लो ७४ सालको चुनवामा उम्मेदवार नवनेका राई जिल्लामै रहेर सामाजिक सेवा र पारिवारिक काममा रहे र साथमा राजनितिकलाई पनि निरन्तरता भने दिँदै आए । उनि एकाएक ७९ को निर्वाचनमा प्रदेशसभाका लागि गठबन्धनबाट उम्मेदवार बन्ने मौका पाए र सोही निर्वाचनमा प्रतिद्धन्दी भन्दा उत्कृष्ट मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी पनि बने । उनले यस पटक पनि चुनाव हारेका भए राजनितिक यात्रामा पून : क्रियाशिल हुन सकस रहने अनुमान गरिएका थिए भने बिजयी बनेमा उनले राजनितिक इतिहाँस रच्ने र राजनितिक यात्रालाई थप अगाडी बढाउने अनुमा गरिएको थियो । नाभन्दै उनले चुनाव जितेर साँच्चै राजनितिक इतिहाँस रच्न सफल भए । उनले यो पटक पनि हारेका भए ३ पटक हारेर ह्याट्रिक बनाउने अवस्था रहेको थियो ।
को हुन राजनि किराती (बासुं) ?
किरातीको जन्म बुवा मानबहादुर राई र आमा कुलमाया राईको कोखबाट २०३२ सालमा खोटाङको जन्तेढुंगा गाउँपालिका( ३ काहुलेमा भएको हो । उनिह हाल ३५ वर्षदेखि उदयपुरको चौदण्डीगढी( ७ बेल्टारमा स्थानीयरुपमा बसोबास गर्दै आएका २०४६ सालबाट नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल विध्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेक किराती अहिले लोकतान्त्रिक( वामगठबन्धनबाट उदयपुर निर्वाचन क्षेत्र १ (१) का साझा उम्मेदवार थिए ।
उनी ०५६ सालको आम निर्वाचनमा डाक्टर नारायण खडकाको चुनावी अभियानमा होमिएका थिए । तर दुर्भाग्यवस सो निर्वाचनमा डा. खडका पराजय भए । ०५६ सालको जेठमा उदयपुरगढी स्थित भएको नेविसंघको चुनावमा विर्वाचन नै नगरी एक समूहले आफ्नो प्यानलसहितको नाम टासेर गएपछि वितृष्णा पैदा भयो, र त्यही सालबाट उनले नेपाली काङ्ग्रेस छाड्न बाध्य भए । त्यसपछि उनीमा अग्रगामी सोच आउन थाल्यो । त्यो उनको सोच अनुसार ०५२ फागुन १ गतेदेखि तत्कालीन माओवादीले सुरु गरेको जन युद्मा जाने निर्णय गरे । उनको त्यो अग्रगामी सोचलाई सार्थक बनाउन उनी ०५७ बाट पुरै माओवादीको जनयुद्धमा होमिए । दस वर्षे जनयुद्धकालमा विभिन्न मोर्चाहरुको कमाण्ड गर्दै कयौ कठिन परिस्थितिहरुको सामना गर्दै ०६३ मंसिर ५ गतेको शान्ती सम्झौता पश्चात आफ्नो दैनिकी जीवनलाई सामाजिक र राजनीतिक क्षेत्रमा पुरै समर्पित गरे ।
मुलुकको शाहिकालिन राज्य व्यवस्थाको विरुद्धमा भएको ०६२÷६३ को १९ दिने जन आन्दोलनको उपलब्धि स्वरुप राजा ज्ञानेन्द्र साहको बहिर्गमन पनि भयो । राजाको बहिर्गमण पछि नयाँ संविधान निर्माण गर्ने नयाँ जनादेश अनुसार ०६४ मा नयाँ संविधानसभाको निर्वाचन घोषणा भयो । सो निर्वाचनमा उदयपुर क्षेत्र नं। बाट संविधानसभा सदस्यको उम्मेदवार पार्टीले बनाए । उनको प्रतिस्पर्धी काङ्ग्रेसका डा. नारायण खड्का थिए । उनि तिनै खड्का सँग पराजय भए । पुन ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि काङ्ग्रेसकै डा. खड्कासँग पराजय भए । यसरी पटकपटक पराजय भइ रहे पनि जनताको काम गर्न भने पछि हटेका छैनन । सायद हुन सक्छ यसैको फलस्वरूप पार्टीले यस पटकको आम निर्वाचनमा पनि उदयपुर क्षेत्र नं। १ (१) को प्रदेशसभा सदस्यको लागि उम्मेदवार बनाईदिए । रोचक कुरा त के छ भने ०६४ र ७० मा एउटै क्षेत्रबाट चुनाव लडेका खड्का र किराती संघ र प्रदेशमा मिलेर चुनावमा होमिए ।
