Saturday, June 13News That Matters

उदयपुरका एक बालक तिन दिन देखी बेपत्ता

पूर्णपुष्टि, माघ १८ उदयपुर घर भएका १५ बर्षिय एक बालक ३ दिन देखी बेपत्ता भएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवाका ललित चौधरी तिन दिन बाट बेपत्ता भैरहेको परिवारले जनाएको छ ।

लहान प्यारागन स्कुल कक्षा ८ मा अध्ययनरत चौधरी १६ गते बाट बेपत्ता भैरहेको हो । उनि पोसाकमै सोमवार अन्दाजि बेलुका ४ः०० बजे लहान हस्पिटल चौकबाट बेपत्ता भएको परिवारको भनाई छ । आमा सङ्गै माइक्रो बसबाट ओर्लेर आमालाइ झुक्याएर भागेको उनि विगत ३ दिन देखि सम्पर्क विहिन अवस्थामा रहेकाले सबैले खोजेर सहयोग गर्दिन परिवारको आग्रह छ । बालक फेला परेको अवस्थामा ९८१९७८५११२, ९८२५०२९९१६ र ९८६२९४५८३४ मा परिवारलाई खबर गर्न सकिने छ ।