Thursday, April 30News That Matters

उदयपुरका एक युवक सहित ५ जना ब्राउन सुगर सहित पक्राउ

पूर्णपुष्टि, साउन ३० । मोरङको बिराटनगर महा–नगरपालिकाबाट लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–८ का २५ बर्षीय ईन्द्र बहादुर तामाङ, बिदुर नगरपालिका–५ नुवाकोटका २४ बर्षीय सुजित डंगोल, बेलवारी नगरपालिका–४ का २४ बर्षीय संजिव राई, धरान–१५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान–८ का ३१ बर्षीय रबिचन्द्र राई रहेका छन् ।

सोमबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प. ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले २८० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यसैगरी प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा सवार रहेका खेमचन्द्र र रबिचन्द्र १ ग्राम ५८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका हुन् भने को. १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पो चालक ईन्द्र र टेम्पोमा सवार रहेका सुजितलाई २२ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।