Monday, April 20News That Matters

उदयपुरका एसपी फुयालको सरुवा, त्रियुगा उद्योग बाणिज्य संघद्धारा विदाई

पूर्णपुष्टि, १९ भदौ ।
उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुयालको सरुवा भएको छ । फुँयालको काठमाण्डौँ मानव बेचबिखन नियन्त्रण तथा अनुसन्धान ब्युरोमा सरुभा भएको हो । फुँयाल उदयपुरमा एक बर्षे कार्याकाल सकाएर काठमाण्डौँ सरुवा भएको हो ।

जिल्ला प्रहरी प्रमुखहरुको नियमित सरुवाको क्रममा उदयपुरबाट फुयाँलको काठमाण्डौँ सरुवा भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्द चौधरीले जानकारी दिए । चौधरीका अनुसार फुँयालको ठाउँमा नयाँ प्रहरी प्रमुख रमेश थापा आउने भएको छ । थापा काठमाण्डौँ माहाराजगन्जबाट उदयपुर प्रहरी प्रमुखको रुपमा आउने भएको डिएसपी चौधरीको भनाई छ ।