Monday, April 20News That Matters

उदयपुरका एसपी वोहोराको सरुवा, को आए नयाँ एसपी ?

पूर्णपुष्टि, साउन १५
उदयपुरका प्रहरी प्रमुख एसपी सुवास चन्द्र वोहोराको सरुवा भएको छ । बोहोराको उदयपुरबाट प्रहरी प्रशासन सिंहदरबारमा सरुवा भएको छ । बोहोराले उदयपुरमा एक बर्ष भन्दा बढी जिम्मेवारी सम्हाले । आइतबार गरिएको काज सरुवा अनुसार एसपी बोहोराको ठाउँमा उदयपुरमा नयाँ एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल आउने भएका छन् । उदयपुर सहित सुनसरी, इलामा र नुवाकोटका प्रहरी प्रमुखहरुको समेत सरुवा भएको छ ।