Saturday, June 20News That Matters

उदयपुरका किशोर तामाङ (ईनिस्पेक्टर) असार महिनाको उत्कृष्ट प्रदेश प्रहरी घोषित

 पूर्णपुष्टि, साउन ५

ईलाममा कार्यरत उदयपुरका किशोर तामाङ असार महिनाको उत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ईलाम अपराध अनुसन्धान दरवन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी  घोषित भएका हुन्। विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेको भन्दै प्रदेश प्रहरीले तामाङलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

तामाङले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कर्तव्य ज्यान जस्तो जघन्य प्रकृतिका अपराधमा संलग्न फरार रहेका प्रतिवादीहरुलाई तत्काल घटनास्थलमा खटि अनुसन्धान पश्चात पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको मुल्याङकन भएको छ ।

साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेकोले  प्रहरी निरीक्षक किशोर तामाङलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकनका साथ  असार “महिनाको सर्वोत्कृष्ट प्रहरी”  घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।