Saturday, June 20News That Matters

उदयपुरमा लागुऔषधसहित २ युवा पक्राउ

पूर्णपुष्टि, साउन  ६

उदयपुर त्रियुगा नगरपालिका–३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमका अनुसार सोही स्थानका २१ वर्षीय कृष्ण चौधरी र २० वर्षीय धिरज चौधरी पक्राउ परेको हो ।

मंगलबार दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्रामसहित पक्राउ गरेका थिए । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान अगाडी बढाएको डिएसपी गौतमले बताउनुभयो ।