Wednesday, April 22News That Matters

उदयपुरका जेनजी प्रदर्शनकारीद्धारा प्रशासनमा प्रदर्शन

पूर्णपुष्टि, भदौ २४ । जेनजी आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी प्रदर्शन गरिरहेको छ । बिहानै देखी गाईघाट बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएको जेन्जी प्रदर्शनकारीहरु प्रदर्शन गर्दै प्रशासनमा पुगेर प्रदर्शन गर्न सुरु गरेको हो ।

प्रदर्शनकारीहरुले युवा मार्न पाईदैन, केपी ओली राजिनामा दे भन्ने नाराका साथ आन्दोलन गरिरहेको छ । सामाजिक संञ्जाल बन्द गरेको र भ्रष्टचार बढी भएको भन्दै हिजोदेखी देश भरी नै जेन्जी पुस्ताले आन्दोलन गरिरहेको छ । उदयपुरमा हाल सम्म शन्तिपूर्ण प्रदर्शन भईरहेको छ ।