
पूर्णपुष्टि÷गाईघाट, कार्तिक २१ । उदयपुरको त्रियुगा नगरपालिका–६ पातलेवासका ३३ बर्षीय विष्णु बहादुर विश्वकर्माको दुवै मृगौला फेल भएकोले फेर्नु पर्ने भएको छ । ४ बर्ष वैदेशिक रोजगारमा गएर फर्किएका वि.क.ले २०८२ जेष्ठ महिनामा दुवै मृगौला फेल भएको थाहा पाएका थिए ।
बिरामी भएपछि शिक्षण अस्पताल विराटनगर पुगेर चेकजाँच गर्दा ८८ प्रतिशत मृगौला खराब भएको पत्ता लागेको निरज वि.क.ले जनाएका छन् । मृगौलाको १२ प्रतिशतले काम गरिरहेको उनको हाल पारस अस्पताल विराटनगरमा उपचार भईरहेको छ । डाक्टरले ४ मिहना भित्र दुवै मृगौला फेर्नुपर्ने सल्लाह दिएको उनले बताए । हालसम्म उनको उपचारमा ७ लाख रुपैँया खर्च भईसकेको परिवारले जनाएको छ । घर जग्गा बेचेको पैँसाले समेत उनको उपचारमा अपुग भएपछि उनको परिवार हात फैलाउन बाध्य भएका छन् । घरवार विहिन भएका वि.क.को ३१ बर्षीय श्रीमती अनु र ३ बर्षीय छोरी अनुषा छिन् । विष्णुलाई उनकी श्रीमती अनुले मृगौला दान गर्ने भएतापनी अप्रेसनको लागी पैँसा नभएको उनको परिवारले जनाएको छ । सहयोग गर्न चाहनुहुने व्यक्तिले निरजको सिटिजन बैंकको खाता नं. 0200100000510029 मा लगाएर सहयोग गरिदिनहुन अनुरोध गरिएको छ ।
