
पूर्णपुष्टि, ३० चैत्र । उदयपुरका स्थानीय अगुवा कृषकहरुलाई बातावरण मैत्री कृषिको लागि तिन दिने तालिम दिईएको थियो । हुरेण्डेक उदयपुरको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा गाईघाट स्थित ओरेक नेपाल उदयपुरको सभाहलमा तालिम सम्पन्न भएको छ । हुरेण्डेक उदयपुरका जिबिकोपार्जन अधिकृत आशिष खत्रीका अनुसार जिल्लाका ३ स्थानिय पालिका, ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकाका ३१ जना अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली बारे २८ गते देखी ३० गते सम्म ३ दिने तालिम प्रदान गरिएको थियो ।
पछिल््लो समय बाली उत्पादनको नाममा बड्दो रासायनिक बिषदीको चरम प्रयोगले वातावरणको नास हुनुका साथै जमिनलाई प्रत्यक्ष रुपमा असर भई क्षती पुगाई रहेको अधिकृत खत्रीको भनाई छ । कृषकहरुले कम सयमा धेरै उत्पादन र छिटो उत्पादनको हुटहुटीले प्रयोग गर्ने बिभिन्न बिषादीले जमिनलाई प्रत्यक्ष क्षती पुगिरहेको हुँदा यसको न्युनिकरणमा सहयोग पुग्ने मुख्य उदेश्यले तालिम प्रदान गरिएको खत्रिले जनाएका छन् । कृषकहरुले जमिनलाई कम क्षती गरी बाली उत्पादन गरे प्रकृति र वातावराणमा असर नपर्ने भन्दै यसबारे तालिममा सचेत गराईएको छ ।

वाली उत्पादनको क्रममा सामान्य रोगकै कारण बिषादी प्रयोग गरिहाल्नु नपर्ने सुझाईएको छ । सकेसम्म बिषादीको प्रयोग नै नगर्ने यदि गर्नै परेपनि अन्तिम बिकल्पको रुपमा कम बिशाक्त भएको बिषादीको प्रयोग गर्नु पर्ने जनाईएको छ । कृषकहरुले बढी उत्पादन गर्ने कृषकहरुको चाहानामा बिषादी प्रयोगले जमिनलाई क्षती पुग्ने तालिममा बुझाईएको थियो । खत्रीले बालीहरुमा रुैथाने बालि साथै जैबिक बिषादीको प्रयोग गर्नु पर्ने कुरामा जोड दिएका छन् । स्थानीय विषादी बनाएर बालीमा प्रयोग गरे मानव स्वास्थ साथै बातावरण मैत्री रुपमा बाली उत्पादन हुने जनाईएको छ । अबका दिनमा कृषकहरुले जलवायु मैत्रि प्रबिधि अपनाएर स्थानीय तथा रैथाने बालिको उत्पादनमा नयाँ प्रविधि र नयाँ ढँगले सुरुवात गर्नुपर्ने आबश्यक रहेको कुरा खत्रीले जनाए ।
बालीको सामान्य असरमै कृषकहरुले रासायनिक प्रयोग गरिहाल्ने हुँदा जमिन क्षती सँगै प्राकृतिक तथा मानव स्वास्थमा असर गम्भिर देदा पर्ने जनाईएको छ । अब बालीमा कृषकहरुले स्थानीय स्तरमै पाईने जडिबुटी झारपात, गहुँत लगायतको मिक्षण बाट जैबिक बिषादी निर्माण गरी प्रयोगमा ल्याई बाली तथा जमिन सुधार गर्नु पर्ने तालिममा बताइृएको छ । तालिमलाई कृषि ज्ञान केन्द्र उदयपुरकी अधिकृत अनु बिसीले सहजीकरण गरेकी थिईन भने प्राविधिक सहजीकरण खत्री आफैले गरेका थिए ।

