
पूर्णपुष्टि, चैत २५ ।
कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म स्वाव परिक्षण गरिएका उदयपुरका १३ जना सबैमा रिपोर्ट नेगेटिभ देखिएको छ । बेलका नगरपालिकाबाट धरान लगि धरानबाट परिक्षणका लागि काठमाडौं पठाएको एकजनाको स्वाव नमुना र जिल्ला अस्पताल उदयपुरले स्वाब नमुना संकलन गरी धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको १२ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको हो ।
पछिल्लो समय धरानमै परिक्षण थालिए पछि १२ जनाको पठाएको हो भने त्यसअघि १ जनाको पठाइएको थियो । धरानमै परिक्षण हुन थालेपछि रिपोर्ट छिटो आउन थालेको हो ।
१३ जनामा ८ जना त्रियुगा नगरपालिका, ४ जना लिम्चुङबुङ गाउँपालिका र १ जना बेलका नगरपालिकाका हुन् । अहिलेसम्म उदयपुरमा संक्रमित भेटिएका छैनन् । जिल्ला जनस्वस्थ्यले आज नमुना संकलन गर्ने सामग्री विराटनगरबाट ल्याएको जनाएको छ ।
