Saturday, June 27News That Matters

उदयपुरका २ युवा लागुऔषध सहित मोरङबाट पक्राउ

पूर्णपुष्टि, पुष १६

उदपुरका २ युवा लागुऔषध सहित मोरङबाट पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उनिहरुलाई बुधबार मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी रहेका छन् ।

उनिहरुको साथबाट प्रहरीले एभील–१ एम्पुल, लुपिजेसिक–१ एम्पुल, डाईजोल्याव–१ एम्पुल र नाईट्राभेट–१०५ ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।