
पूर्णपुष्टि, असार २३ ।
घरेलु तथा साना उद्याेग कार्यालय उदयपुरले अाज लघु, घरेलु तथा साना उद्यमीहरुलाई उपयुक्त प्रविधि (मेसिन अाैजार) हस्तान्तरण गरेकाे छ । कार्यालयले ८० प्रतिशत अनुदानमा ६३ जना उद्यमीहरुलाई मेसिन अाैजार हस्तान्तरण गरेकाे कार्यालय प्रमुख पाक्रम खाँ (चाैधरी) ले बतनउनुभयाे ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख एबम् जिल्ला उद्याेग प्रवर्धन समितिका अध्यक्ष खड्गबहादुर परियारकाे प्रमुख अातिथ्य, छनाैट समितिका पदाधिकारी तथा उद्यमीहरुकाे उपस्थितिमा मेसिन हस्तान्तरण भएकाे हाे ।
कटारी नगरपालिकाका ६, बेलका नगरपालिकाका ५, चाैदण्डिगढी नगरपालिकाका ३ र सबैभन्दा बढि त्रियुगा नगरपालिकाका ४४ जना उद्यमीले मेसिन अाैजार पाएका छन् । त्यसैगरी उदयपुरगढी गाउँपालिकाका ३ र राैतामाई गाउँपादिकाका २ जनाले पाएका छन् । लिम्चुङबुङ र ताप्ली गाउँपालिकाबाट भने निवेदन नै नपरेकाे जनाईएकाे छ ।
कार्यालय प्रमुख खाँ (चाैधरी)का अनुसार उद्यमीहरुलाई सहयाेग पुरयाउदै लघु, घरेलु तथा साना उद्यमकाे प्रवर्धनमा टेवा पुरयाउने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएकाे हाे । कार्यालयले ८० प्रतिशत छुटमा प्रविधिका लागि प्रस्ताव अाव्हान गरिएकाे थियाे । मूल्यांकन समितिले निवेदकहरुकाे स्थलगत अध्ययन अबलाेकन गरि मापदण्डकाे अाधारमा छनाैट गरेकाे जनाईएकाे छ ।
तस्विरहरु :






