Thursday, June 11News That Matters

उदयपुरका ८ पालिका मध्ये नवनिर्वाचित ६ पालिकाका प्रमुखहरुलाई सपथ ग्रहण, फोटो सहित

पूर्णपुष्टि, जेष्ठ ७
उदयपुरमा ६ पालिकाका प्रमुखहरुलाई सपथ ग्रहण गराईएको छ । आईतबार गाईघाट स्थित उदयपुर जिल्ला अदालतमा न्यायधिश दिपक खनालले सपथ खुवाउनु भयो । ४ गाउँपालिका र २ नगरपालिका गरी जम्मा ६ पालिका प्रमुखहरुलाई सपथ खुवाईएको हो ।

उदयपुरमा २ नगरपालिकाको भने मत परिणाम आउनै बाँकी रहेको अवस्था छ । बिवादका कारण त्रियुगामा मतगणनै हुन सकेको छैन भने कटारीमा भैरहेको छ । विवाद रहित समयमै सकिएका ६ गाउँपालिका मध्ये लिम्चुङबुङ गाउँपालिकाले सबै भन्दा पहिले मत परिणाम सार्वजानिक गरेका थिए ।

सपथ लिनेहरुमा सोहि पालिकाका प्रमुखमा निर्वाचित मेजर कुमार राई, रौतामाई गाउँपालिकामा निर्वाचित बिरेन्द्र मगर, उदयपुरगढी गाउँपालिकामा निर्वाचित मान वहादुर केप्छाकी मगर, ताप्ली गाउँपालिकामा निर्वाचित ढुंगराज विक र पालिका तर्फ चौदण्डीगढी नगरपालिकामा निर्वाचित कालु लामा र बेलका नगरपालिकामा निर्वाचित अशोक कार्कीलाई न्याधिश खनालले सपथ गराउनु भएको हो । न्याधिह खनालले पहिले नगरपालिका तर्फका लामा र कार्की लाई सपथ खुवाउनुभयो भने दस्रोमा गाउँपालिका तर्फका ४ जनालाई सपथ खुवाउनुभयो ।

फोटो