
पूर्णपुष्टि, चैत्र ३० । उदयपुरको चौदन्डीगढी नगरपालिका वडा नम्बर (५ सिवाईका दर्जन बढि महिला अपरिचित ब्यक्ति बाट ठगिएका छ्न ।
२९ गते बिहान सिवाई गाउँ प्रवेश गरेका भारतीय नागरिक जस्तो देखिने ,प्रष्ट नेपाली बोल्न नसक्ने दुई जना महिला हरुले स्थानीय महिला हरु भालुन देबि चौधरी ,निकिता चौधरी ,ओम कुमारी चौधरी ,आशा चौधरी ,मनिसा चौधरी, निरुसा चौधरी ,अनसिया चौधरी लगायत सङ्ग सुन र चादिका लाखौंको गरगहना ठगेर फरार भएका हुन ।
उनिहरुले पाउजु, सुनको सिक्री ,कतरी, कलि, पन्जा ,मंगलसुत्र ,तिलहरी जस्ता गहनाहरु ठगेर लगेका हुन । गरगहनाको फोटो बिदेश पठाईदिने र त्यो वापत बिदेशीले गहना अनुसारको रकम पठाईदिने भन्दै महिलाहरुलाई ती अपरिचित मान्छेहरुले भनेका थिए । त्यो रकम आफुहरुलाई नै गहना र उपहार सहित उपलब्ध गराउने बाचा गरेकोले सोहि अनुसार आफुहरुले घरमा, जिउमा रहेको सम्पुर्ण सुन र चादिका दिएको पीडित भालुन देबि चौधरी ले बताए ।
बिहान गरगहना संकलन गरेका ती महिलाहरुले दिउँसो ४ बजे सम्म लगिएका सम्पुर्ण गहना, रकम, फ्रीज ,एल ई डि , स्कुटि पुरस्कार सहित फर्केर आउने र सो को जानकारी कसैलाई नगराउनु भनेकोले आफुहरु कसैलाई जानकारी नगराएको अर्का पिडित अन्सिया चौधरी ले बताए ।
साझ अबेर सम्म आफुहरुको गरगहना लैजाने महिलाहरु फर्केर नआएपछि पीडितहरु ईलाका प्रहरी कार्यालय सिवाईमा हुलिया सहितको जाहेरि दिएको सिवाईका इन्चार्ज चन्द्र नारायण सिंहले बताए ।
पीडित हरुको सूचनाको आधार र प्राप्त सि सि टि भि फुटेज अनुसार प्रहरीले खोजि कार्य तीब्र गरेको इन्चार्ज सिंहले बताए । पीडित हरुको सूचना अनुरुप अनुसन्धानको लागि एक जनालाई ईलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरि सोधपुछ थालेको सिंहले बताए । तिन दिन देखि गाउँ घरमा घुम्दै आएका अपरिचित दुई महिलाहरु उदयपुरको विभिन्न ठाउँमा पुरानो भाडाकुडा लिने र त्यस्को बदलामा नयाँ भाडाकुडा ल्याईदिने गरेको छ । यस्ता अपरिचित ब्यक्तिहरु गाउघरमा आउदा तिनीहरु बारे आफु पनि सतर्क रहन र नजिकैको प्रहरीमा खबर गर्न सम्बन्धित सबैलाई इन्चार्ज सिंहले आग्रह गरेका छ्न ।

