
पूर्णपुष्टि, भदौ १५ । उदयपुरको बेलका नगरपालिका–६ स्थित सामावेशी पार्कमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिालाका अनुसार आज बिहान करिब साढेँ ५ बजेको समयमा पार्कको पूर्वपट्टिको फलैचामा एक २० देखी २२ बर्षीय युवक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
बिहान स्थानियले झुण्डिएको अवस्थामा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षक मौसम उदासको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । झुण्डिएको अवस्थामा मृत फेला परेका युवकको पहिचान खुलेको छैन । हाल मृतकको पहिचान खोजीकार्य र घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
