
पूर्णपुष्टि, फागुन १८ ।
आज उदयपुरको कटारी नगरपालिका –७ मजेतपुरमा आज दिउँसो बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना १ ज ८३३३ नम्बरको बोलेको दुर्घटना हुँदा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिनुभयो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ११ जनाको अवस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल पठाइएको छ । अन्य दुईजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेको ब्रेक फेल भई डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

