
पूर्णपुष्टि, साउन १८
उदयपुरको कटारी नगरपालिकामा आज (सोमबार) साढे ९ बजेदेखि पूर्णरुपमा यातायात ठप्प पारिएको छ । कटारी–४ बसपार्क स्थित मरुवामा सोलु करिडोर १३२ केभी प्रशारण लाईन जडानको क्रममा स्थानीयको माग अनुसार उचित मुआब्जा नदिई आयोजनाको काम बलपूर्वक अगाडि बढाउन खोजिएको भन्दै त्यसलाई रोक्न आज यातायात ठप्प पारिएको हो ।
बार्ता को माध्यमबाट समस्याको समाधान गर्नु पर्ने माग सहित संघर्ष समितिका संयोजक केपी बराल को अगुवाईमा संघर्षसहित करिब २०/२५ जनाको संख्यामा स्थानीय बासिन्दा भेला भई अत्ति आवश्यक सवारी साधन बाहेकका सम्पूर्ण यातायात सवारी साधन बन्द गराइएको छ ।
