Sunday, May 17News That Matters

नेपालमा थप २,५६८ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको ज्यान गयो

पूर्णपुष्टि, साउन १७

वितेको २४ घण्टामा नेपालमा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै देशभर कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।

वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा २ हजार २० जनाले कोरोना जितेका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको कुल संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन्, भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६० बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५९४, झापामा २०७, कास्कीमा २०४, मोरङमा १९२ र ललितपुरमा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ९१, सुनसरीमा ८९, रुपन्देहीमा ५२, नुवाकोटमा ३९, उदयपुरमा ३५, चितवनमा २७ तथा जुम्ला र सुर्खेतमा २४÷२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

सिन्धुलीमा २३, गोरखामा १९, धादिङमा १५ र तनहुँमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।