Sunday, May 17News That Matters

उदयपुरमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या २,८९० पुग्यो

पूर्णपुष्टि, साउन १७

उदयपुरमा आज (आईतबार) थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १८ पुरुष र १७ महिला गरी ३५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८९० जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका साथै ताप्ली गाउँ पालिकाका रहेका छन् । त्रियुगामा ९ पुरुष र ५ महिला गरी १४ जना, चौदण्डीगढीमा ४ पुरुष र ७ महिला गरी ११ जना, बेलकामा २ पुरुष र २ महिला गरी ४ जना र ताप्लीमा ३ पुरुष र ३ महिला गरी ६ जनामा संक्रमण देखिएको हो ।

जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ३८६ पुरुष र १ हजार १९८ महिला गरी जम्मा २ हजार ५८४ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १३९ पुरुष र ११५ महिला गरी २५४ जना रहेका छन् । जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३६ पुरुष र १६ महिला गरी कुल ५२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।