Sunday, May 17News That Matters

छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

पूर्णपुष्टि, साउन १७

१३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । अर्घाखाँची पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।