Monday, May 18News That Matters

दाजुको कुटाइबाट भाइको ज्यान गयो

पूर्णपुष्टि, साउन १७

दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । बाँकेका खजुरा गाउँपालिका–२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारले कुटपिट गर्दा ३८ वर्षीय गणेश सुनारको ज्यान गएको हो । भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दाइ सुनारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।