Thursday, June 18News That Matters

उदयपुरको कटारीमा रास्वपाको वडा कमिटी गठन

पूर्णपुष्टि,जेष्ठ ११ । उदयपुरको कटारी नगरपालिका वडा नं.४मा राष्ट्रिय स्वतन्तन्त्र पार्टीको वडा कमिटी गठन भएरको छ । बुधवार एक कार्यक्रम बिच बसेको भेलाले बेद प्रसाद पराजुलीको सभापति रहेको ११ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको हो । जसको उपसभापति कृष्णमाया राई, सचिवमा ओबहादुर मगर चयन भएका छन् ।

सदस्यहरुमा तारा गिरी, राधिका कुमारी न्यौपाने, चन्द्र श्रेष्ठ, सोममाया मगर, गणेशबहादुर खत्री,नारायणध्वज श्रेष्ठ, नानीवाबु विक, र वन्दना खत्री खड्का चयन भएका छन् ।

यस्तै उक्त भेलाले पार्टीको र्यापिड एक्सेन कमिटी पनि गठन गरेको छ । कमिटीमा संयोजक टेकराज निरौला साथै सदस्यहरुमा केशव पौडेल, रत्नबहादुर खत्री,खगेन्द्र प्रसाद पहाडी, र नारायण राउत चयन भएका छन् ।