Thursday, May 28News That Matters

उदयपुरको कटारी बाट हतियार सहित १५ जना पक्राउ

उदयपुर/फागुन, २९

उदयपुरको कटारी बाट हातहतियार सहित १५ जनाको समूहलाई शसस्त्र प्रहरी  र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ५ गौरिनाथकी १४ बर्षिय बालिका लाई अपहरण गरेको भन्ने खबरको आधारमा खोजी गर्दै जाने क्रममा बालिका सहित १५ जना पक्राउ परेको शसस्त्र प्रहरी बल उदयपुरका एसपी गाहार्धन राईले बताए ।

एसपी राईका अनुसार उक्त बिप्लब माओवादी समूह रहेको र उनिहरुको साथ बाट ३ थान पेस्तोल ११ थान सकेट बम १ थान प्रेसर कुकर २ थान खुकुरी र ३ थान म्याग्जीन बरामद भएका छन् ।

पक्राउ परेकाहरुलाई धनुषा प्रहरीमा जिम्मा लगाउने तयारी भईरहेको जनाइएको छ ।