
उदयपुर, फागुन २९ गते ।
नेत्र विक्रम चन्द (विप्लप) समूहका उदयपुर जिल्ला सेक्रेटरी तथा ईन्चार्ज पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका–७ अधेरीबाट जिल्ला ईचार्ज जितबहादुर पुलामी मगर विहिबार विहान करिब ६ बजे पक्राउ परेको हो ।
उगापा–४ निबासी ५४ वर्षीय मगर स्थानीय चित्रबहादुर खपाङी मगरको घरमा लुकिछिपी बसेको छ भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मगरको साथबाट तीन थान मोवाईल र विभिन्न दस्तावेजहरु बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
