Tuesday, June 9News That Matters

उदयपुरको कोशेली घर मौलिक तथा पौराणिक सिपको केन्द्र

पूर्णपुष्टि, पष १६
उदयपुरको कोशेली घर मौलिक तथा पौराणिक सिपको केन्द्र विन्दु बनेको छ । जिल्लाको सदरमुकाम गाईघाटको कोशेली घर सबै उद्यमीहरुका लागि पौलिक तथा पौराणिक सामग्री विक्रिको केन्द्र विन्दु बनेको छ । आ–आप्mना सिप अनुसारको उत्पादनहरु विक्री तथा प्रदर्शन गर्न कोशेली घर साझा थलो नै बनेको छ ।
उद्यमीहरुले कोशेली घरमा स्थानीय उत्पादन ल्याउने गरेको सञ्चालक रुद्र श्रेष्ठले बताउनुभयो । कतिपय समान आफै किन्ने गरेको र कतिपय राखेर बेचिदिने गरेको श्रेष्ठले बताउनुभयो ।
कोशेली घरको कारण दुई सय जना बढि उद्यमीहरुको आफ्ना सिप अनुसारको उत्पादनले बजार पाएको छ । त्यसमा सबैभन्दा बढि आप्mनै जिल्लाको झण्डै डेडसय जना उद्यमीको उत्पादन आउने गर्दछ । कोशेली घरमा खासगरी नेपाली मौलिक तथा पौराणीक सामग्रीहरु आउने गर्दछ । नेपाली संस्कार, संस्कृतिसंग सम्बन्धीत सामानहरु बढिजसो छन् । मानिसको जन्मदेखि, न्वारान, पास्नी, छेवर, विवाहदेखि मृत्युसम्मको संस्कारमा आवश्यक पर्ने, प्रयोग गरिने तथा दैनिक उपयोग तथा व्यवहारमा चाहिने कुराहरु रहेका छन् ।

श्रेष्ठका अनुसार कोशेली घरमा डोको, डालो, नाङ्लो, सोली, ढकी, चाल्नी, कोक्रो, पेरुङ्गो पाइन्छ । मुढा, खोलेसो, महला, र्याक, दाम्लो, नाम्लो, बरियो पाइन्छन् । त्यस्तैगरी चुलेसी, खुकुरी, हसिया, मैनबत्ती, अगरबत्ती, उनी तथा ढाकाको टोपी, मखलर, स्विटर, सल, कुर्ता सुरुवाल, दौरासुरुवाल, साडी, चौवन्दीचोलो, पछ्यौरा, कुसन, खाना पाइन्छन् । वाजागाजाका सामग्रीहरुमा मादल, विनायो, बासुरी, मुरली, भ्mयाली, खैजडी आदि पाइन्छन् । परालको चप्पल, गुन्द्री, कुचो, झाडु पाउनुका साथै माटाका भाँडाहरु खुत्रुके, घैला, कलस, दियो, कसौटी, पैनी आदि पाइन्छन् । फोटोफ्रेम, बाँसको घडी, घर, चरा, मन्दिर, बास्केट आदि सजावटका सामग्रीहरुसमेत पाइन्छन् ।
श्रेष्ठका अनुसार परालको चप्पल क्रियापुत्रीले प्रयोग गर्छन् । यसको बजार माग उच्च छ । ढकी विवाह, पर्त जस्ता कार्यमा खाना राख्न वा सामान राख्न बढि माग हुन्छ । दैनिक प्रयोगका लागि डोको, ढकी, नाङ्लो, मुढा, र्याक, मादल, कुचो, खादाको माग बढि छ । नाङ्लो चामल केलाउन मात्र हैन विवाहमा सामान राख्न आवश्यक पर्छ । किराँत राई समुदायका लागि विावहमा सोली अनिवार्य छ । तुलनात्मक हिसावले यी सामानहरु बढि माग भएपनि सबैजसो सामानको माग रहेको छ ।


आधुनिक प्लाष्टिकको सामानको बजारीकरणका कारण माना, पाथी, डालो, पेरुङ्गो आदिको माग हराउदै गएपनि गाईबस्तु बाँध्ने दाम्लो, डोको बोक्ने नाम्लो, बरियो जस्ता पौराणिक सिप तथा उत्पादनको माग भने बढि नै छ ।
एक हिसावले कोशेली घरले नेपाली मौलिकतालाई जोगाउने काम गरेको छ । पौराणीक सिप, कला र सामग्रीलाई गजेर्ना गर्ने भूमिका छ । यसले निम्न वर्गका मानिसलाई केही आयआर्जनमा टेवा पुर्याउने कामसंगै ब्यवसायिकतामा लैजान प्रेरित गर्दै आएको छ ।
कोशेली घरमा विभिन्न ठाउँबाट आएका ग्राहकले सामान किन्ने गर्दछन् । कतिपय पर्यटकले मन पराएर किन्ने गर्दछन् ।
१५ वर्षदेखि निरन्तर सञ्चालनमा छ “कोशेली घर” । उद्यमीहरुको स्थानीय उत्पादनहरुको विक्री तथा प्रदर्शनीकै अवधारण अनुरुप कोशेली घर सञ्चालनमा ल्याइएको हो । तर, बीचमा थुप्रै आरोह–अवरोध खेप्दै अहिले सन्तोषजनक अवस्थामा आएको सञ्चालक श्रेष्ठ बताउछन् । पैसा हुँदा समितिले चलाउने नहुँदा वेवास्ता गर्ने अवस्थाबाट श्रेष्ठ दम्पत्तीले ढुक्कले चलाउन थालेपछि कोशेली घर यो अवस्थामा आएको हो ।
यहाँ सबै खाले ग्राहकहरु आउने भएपनि यसका आप्mनै चुनौतीहरु छन् । श्रेष्ठका अनुसार सहुलियत ऋण, अनुदान नपाउनु, बजारका सस्तो सामानको अगाडी हाते सिपका यी सामग्रीहरु केही महंगो पर्नु, उद्यमीको श्रम नउठ्नु, ब्यवसायिकरुपले उत्पादन नहुनु, तालीमको अभाव, आधुनिक मेसिन तथा औजारमा पहुँच नहुनु समस्या रहेका छन् । सरकारले यी कुराहरुलाई मध्येनजर गर्दै नीति, योजना र कार्यक्रम ल्याएमा रोजगार सिर्जना र गरिबी निवारणमा ठूलो टेवा पुग्ने देखिन्छ ।

एउटा बाँसको चोया काढ्नुदेखि डोको बन्नसम्म, बाँसको सिन्का बनाएर मुढा बुन्नुसम्मको समय र श्रम निकै महत्वपूर्ण छ । झन्जटिलो काम र सिप निकै मुल्यवान छ तर त्यसको हिसाव हुन्न । एकैचाटी डोको वा मुढा सस्तो खोजिन्छ । यहाँ चोया काढ्न, सिन्का बनाउन, डोरी बुन्न मेसिन र औजारहरु प्रयोग गर्न सकिन्छ । मेसिन र औजार किन्ने हैसियत छैन उद्यमीहरुमा, पहुँच छैन । अनुदान माग्न उद्योग दर्ता खोजिन्छ । सामान्य उद्यमीहरुले उद्योग दर्ता गर्न सक्ने अवस्था छैन ।
स्थानीय सरकारको यसतर्फ ध्यान जान जरुरी छ । स्थानीय उत्पादनमा जोड दिने नीति तथा उद्यमीलाई प्रोत्साहित गर्दै हरेक पालिकामा कम्तिमा एउटा कोशेली घर निर्माणको अवधारणा कार्यन्वयन गर्न आवश्यक देखिएको सञ्चालक श्रेष्ठको भनाई छ ।