
पूर्णपुष्टि, १४ असोज ।
उदयपुर र खोटाङका दुई राई पत्रकार काठमाण्डौँमा पुरस्कृत भएको छ । उदयपुरका गजेन्द्र राई र ओखलढुँगाका कुम्भराज राई पुरस्कृत भएको हो । उनिहरुलाई किरात पत्रकार संघको १६ औँ स्थापना दिवसको अवसरमा क्रियाशील ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, संघका अध्यक्ष अवतार राईले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ ।
यायोक्खा अध्यक्ष हाताचो राईले प्रदेश १ मा पहिचानको आन्दोलन जारी रहेकोले सबै पक्ष गम्भीर हुनुपर्ने बताए । ‘कोशी नाम खारेजी र पहिचानको पुनः नामकरण आन्दोलन कुनै जाति विशेष होइन, संविधानले गरेको व्यवस्थाको पालनाका निम्ति हो,’ आन्दोलनको संयोजकसमेत रहेका राईले भने, ‘राजनीतिक दलहरू, तीनै तहका सरकार, जनसमुदायले बुझेर कार्यान्वयनमा लैजान जरुरी छ ।’
ओखलढुँगाका कुम्भराज राई कान्तिुपुरकर्मी हुन भने गजेन्द्र राई रेडियो नेपाल उदयपुर सम्वादाता र निगरानी पोष्ट संञ्चालक समेत हुन् ।
