
पूर्णपुष्टि,फागुन ३ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा प्रथम महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन गरिएको छ । मंलवार एक कार्यक्रमको आयोजनामा प्रदेश नं।१का खानेपानी सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङबो लिम्बूले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

चौदण्डीगढी नगरपालिकाको संयोजन तथा नगर युवा तथा खेलकुद बिकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्रीे लिम्बूले प्रदेश सरकारले खेलकुद क्षेत्रको बिकासका लागी निति, निमार्ण र बजेट बिनियोजनलाई प्राथमिकता दिने बताउँनुभयो । खेलाडीहरुलाई उच्च मनोबलका साथ खेलकुदमा लागिपर्न अनुरोध गर्नुभयो । उहाँले उदयपुर जिल्लामा खानेपानीको समस्या समाधानका लागी आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
उद्घाटन समारोहलाई प्रदेश नं.१ कि उप–सभामुख सृजना दनुवारले उदयपुरलाई खेलकुदको हव बनाउन आफु लागि पर्ने बताउनु भयो । चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय स्तरको ह्याडबल प्रतियोगिता आयोजना भएकोमा खुसी व्यक्त गर्दै उदयपुरलाई खेलकुदको हव बनाउन आफु लागीपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख कालुमान लामाले चौदण्डीगढी नगरपालिकाले ह्याण्डलबल तर्फको राष्ट्रिय खेलाडीहरु नगरबाटै उत्पादन गर्न सफल भइसकेको हुँदा यस्ता प्रतियोगिता निरन्तर हुन आवश्यक रहेको बताउनुभयो ।
उद्घाटनको पहिलो खेलमा पाली सेनाको बिभागीय टोलिले चौदण्डीगढी नगरपालिकालाई १६ गोल का बिरुद्ध २२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत मंलवारनै भएको दोश्रो खेलमा ब्एँ को बिभागीय टोलीले प्रदेश नं एकलाई १ गोलका बिरुद्ध २१ गोल अन्तरले पराजित गरेको थियो भने आजै भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश नं एकलाईनै ८ गोलका बिरुद्ध १० गोल अन्तरले पराजित गरेको थियो। यस संगै प्रदेश नं एक भने प्रतियोगिता बाट बाहिरिएको छ । प्रतियोगिता यही ५ गते सम्म संचाल्न हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रदेश सासंद राजन किराँती, चौदण्डीगढी नगरपालिकाकी उप–प्रमुख मणिकादेवी दुलाल, निवर्तमान मेयर खगेन्द्र राई, बिभिन्न संघ संस्था, नागरिक समाज, खेलप्रेमी, जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
