Wednesday, June 10News That Matters

आज बाल क्यान्सरविरुद्धको दिवस

पूर्णपुष्टि,फागुन ३ । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ। ‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाउन लागिएको हो। बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो।

हरेक तीन मिनेटमा विश्वभरका बालबालिकाको क्यान्सरले मृत्यु हुने गरेको छ। यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दैनौं। हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसङ्ख्यामा क्यान्सर हुने गरेको पाइन्छ।

उच्च आय भएका देशमा ८० प्रतिशत क्यानसरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ । साथै बाल्यकालमा क्यान्सर भएका बालबालिकाका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो।

समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालको भनाइ छ।