Thursday, July 2News That Matters

डान्स च्याम्पियन कटारी अडिसन सम्पन्न, १२ जना छनौट

पूर्णपुष्टि,फागुन २ । उदयपुरको कटारीमा डान्स च्याम्पियन २०७९को अडिसन सम्पन्न भएको छ । सोमबार कटारी अडिसनबाट १२ स्थानीय कलाकारहरुले मेघाराउण्डमा प्रवेश पाएको हो ।

कला नृत्यमा रुचि भएकाहरुको कलालाई थप प्रोत्साहनका साथै उत्प्रेरणा जगाउने उद्देश्यले डान्स च्याम्यिनको अडिसन सुरु गरिएको आयोजक उदयपुर डान्स स्टुडियो वेल्टारले जनाएको छ ।

उदयपुर मिडिया हवद्वारा संञ्चालित डान्स स्टुडियोका प्रोपाईटर तथा कोरियोग्राफर प्रमेजंग किरातीका अनुसार च्याम्यिनका विजेताले नगद ५० हजार पुरस्कारका साथमा , मेडल , ट्रफी ,प्रमाण पत्र ,म्युजिक भिडियोमा खेल्ने अवसर , छात्रवृत्तीमा मेकअप कक्षा , निशुल्क नृत्य कक्षा तथा आकर्षक गिप्mट ह्याम्पर लगायतका पुरस्कारहरु हात पार्नेछन् । प्रतियोगितका लागि जिल्लाका विभिन्न स्थानमा अडिसनको आयोजना गरिएको छ ।

आयोजकका अनुसार अव नेपालटारमा ६, मुर्कुचीमा ७, गाईघाटमा ९, रामपुरमा १२ र वेल्टारमा फागुन १३ गते अडिसन लिईने छ । जिल्लामा प्रतिभाको खोजिका लागि च्याम्पियनको सुरु गरिएको हो । अडिसन राउण्डबाट अघिल्लो चरणका प्रतिष्पर्धाहरु अघि बढाइने बताइएको छ।