पूर्णपुष्टि, कार्तिक २१
उदयपुरको जितेन्द्र राईलाले हिमालको सफल आरोहण गरेको छ । राईलाले महालङ्गुर हिमशृङ्खला अन्तर्गत पर्ने ६४७० मि. अग्लो हिमाल आरोहण गरेको हो ।
उनि त्रियुगा नगरपालिकाको पर्यटन सल्हाकार तथा उदयपुर साईकलिङ्ग संघका अध्यक्ष समेत हुन् । भिजिट त्रियुगा २०२३ त्रियुगा नगरपालिका उदयपुर गाईघाट लेखेको व्यानर बोकेर हिमाल आरोहण गरेको हो ।
त्रियुगा नगरपालिकाको मेयर बसन्त बस्नेतले नगरपालिकाको व्यानर लियर ६४७० मि.अग्लो हिमाल आरोहण गर्न सफल भएकोमा जितेन्द्रलाई बधाई दिएको छ । उपमेयर महेश्वरी राईले पनि बधाई दिएका छन् । त्रियुगा नगरपालिकालाई बिस्वमै चिनाउन तपाईका पाईला अगाडी बढुन भन्दै हार्दिक शुभकामना दिएको छ ।
