पूर्णपुष्टि, कार्तिक २२
सोमवार साँझ भएको अटो दुर्घटनामा एक बालकले ज्यान गुमाएको छ । त्रियुगा नगरपालिका १४ साउनेको दियाले स्थित प्र १–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । अन्य आठ जना घाईते भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको उक्त अटो साउनेबाट गाईघाट तर्फ आउँने क्रममा अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए । अटोमा क्षमता भन्दा बढी सवार रहेकोले पनि ब्रेक फेल भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
दुर्घटनामा त्रियुगा नगरपालिका ४ का तिर्थ मगरको ५ वर्षिय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले जानकारी दिए । अन्य आठ जना सामान्य घाइते भएका छन् उनले भने।
घाइते हुनेहरुमा त्रियुगा नगरपालिका ४ बगहा बस्ने ४७ वर्षिय लिला बहादुर मगर, सोही ठाउँका ३३ वर्षिय लिला मगर, २६ वर्षिय बालिका मगर, त्रियुगा नगरपालिका १५ का २९ वर्षिय मान बहादुर मगर, सोही ठाउँका ४४ वर्षिय सहि बहादुर मगर, सहि बहादुरकी ४४ वर्षिय श्रीमति डिकमाया मगर, सोही वडाका २० वर्षिय चेतना मगर र १५ वर्षिय राजकुमार मगर घाइते भएका छन् । उनीहरुको सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।
