Monday, June 8News That Matters

उदयपुरको नयाँ सिडियो हरि प्रसाद घिमिरे भने, जिम्मेवारी बहन गर्न प्रतिबद्ध छु

पूर्णपुष्टि, १२ पुष ।
उदयपुरमा नयाँ जिल्ला प्रमुख अधिकारीको रुपमा (सिडियो) हरि प्रसाद घिमिरेको आगमन भएको छ । उदयपुरको पुरानो सिडियो जनार्दन गौतमको सरुवा सँगै हरि प्रसाद घिमिरेको आगमन भएको हो । घिमिरेले गत हप्ता देखी मात्रै उदयपुरको प्रशासन सम्महालेका छन् ।

बिहिबार जिल्लाका संञ्चारकर्मीहरु सँगको भेटघाटमा आफु उदयपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै कार्यभार सम्हालेको जानकारी गराए । घिमिरे यो भन्दा पहिले भोजपुरमा सिडियोकै रुपमा रहेका थिए । उनि भोजपुरबाट सिधै उदयपुर सरुवा आएको हो । उदयपुरमा जिम्मेवारी सम्हाल्दै घिमिरेले भनेका छन्, म आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध छु ।

त्यसका लागि मालाई संञ्चार क्षेत्र लगायत सबैले सहयोग गर्नु पर्छ । उनले प्रमुख जिल्ला अधिकारीको क्षेत्रअधिकार भित्र रहेर जनतालाई दिनु पर्ने सेवाहरु चुस्त दुरुस्त राख्ने समेत जनाए । त्यसका लागि आफु माताहतका कर्मचारीहरुलाई पारदर्शी काममा जोड गर्न अनुरोध गर्ने घिमिरेले जनाए । उनले जिल्लाको गतिविधि र अवस्था बारे तत्काल गर्नु पर्ने काम र समस्याको समधान बारे पत्रकारहरु सँग पनि राय लिएका थिए । घिमिरेले यो भन्दा पहिले राजनितिक दलहरु सँग भेटघाट गरिसकेको जनाए । जिल्लाको समस्या आफुलाई भन्दा पनि यहिँको स्थानीयहरुलाई बढी थाहा हुने भएकाले सबै क्षेत्रहरु सँग भेटघाटको क्रम जारी रहेको जनाए ।