
पूर्णपुष्टि, जेष्ठ १
उदयपुरको ११ ओटा वडाहरुको मत परिणाम सार्वजानिक भैसकेको अवस्था छ । हिजो बाट मतगणना सुरु भएको जिल्लाको बिभिन्न पालिकाहरुमा मतपरिणाम आउने क्रम पनि धमाधम भैरहेको छ । हाल सम्म ११ ओटा वडाहरुको मत परिणाम सार्वजानिक भैसको अवस्था छ । ७५ ओटा वडाहरु रहेका यस जिल्लामा ११ ओटाको सर्वाजानिक भएको र अन्यको धमाधम भैरहेको छ ।
हाल सम्म २ स्वतन्त्र सहित एमालेबाट ४, माओवादीबाट २, कांग्रेसबाट १, जनता समाजवादी र एकीकृत समाजवादीबाट १÷१ गरी जम्मा ११ जना जनप्रतिनिधि निर्वाचित भैसकेको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ र उदयपुरगढीको तावाश्री र बर्रे २ मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले ४ ओटा वडाहरुमा जित हांसिल गरेको छ ।
रौतामाई १ नामेटार, र ३ लाफागाउँ, ताप्लिको १ ओख्ले र चौदण्डिगढीको १ गरी ४ ओटा वडाहरुमा जित हाँसिल गरेको छ ।
यस्तैगरी नेकपा माओवादी केन्द्रले २ ओटा वडा जितेको छ । लिम्चुगंवुङ २ ताम्लिछा, र रौतामाई ६, मा माओवादीले जितेको छ । यस्तै गरी कांग्रेसले एक वडामा जितेको छ । लिम्चुङबुङ गाउँपालिकाको ५ जाँतेमा कांग्रेसले जित हात पारेको छ । यस्तैगरी जनता समाजवादी पार्टीले लिम्चुगंबुगं गाउँपालिका ४ बलम्तामा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले उदयपुरगढीको १ नं वडा तावाश्रीमा जित हाँसिल गरेको अवस्था छ ।
