Monday, April 20News That Matters

उदयपुरको बेलकामा बेलोरोको ठक्कर बाट मोटरसाईकल चालक रामचन्द्र राईको मृत्यु

पूर्णपुष्टि, असोज ६
बुधबार बेलका नगरपालिका ९ खार खोला स्थित बोलेरोले मोटरसाईललाई ठक्कर दिँदा मोटरसाईकल चालक रामचन्द्र राईको मृत्यु भएको छ । मदनभण्डारी राजमार्गमा पर्ने सो सडकमा प्रदेश नं. १–०२–००२च ४८७४ नं.को बोलेरो गाडीको ठक्करबाट स४ प ९१०५ नं.को मोटरसाईकल चालक बेलका –२ का ४० वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो ।
दुर्घटनाबाट सख्त घाइते भएका राईको धरान स्थित घोपा क्यामपमा उपचारकैक्रममा दिउँसो १ः३० बजे निधन भएको प्रहरीले जनाएको छ । बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।