Friday, July 3News That Matters

उदयपुरको बेलकामा २ बर्षिय बालिका र ७० बर्षिया बृद्धा सहित ८ जनामा कोरोना संक्रमण

पूणर्पुष्टि, साउन, ६

उदयपुरको बेलका नगरपालिकामा २ बर्षिय बालिका र ७० बर्षिया बृद्धा सहित ८ जनामा कोरोना संक्रमण फेला परेको छ ।

धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

बेलका क्वारेन्टाइनमा रहेका बिदेशबाट आएका ८ जनाकै स्वाब संकलन गरी धरान पठाइएका थिए ।

उनिहरु सबैको रिपोर्ट पोजेटिभ देखिएको उदयपुरका स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

संक्रमित ४ जनालाई चौदण्डीगढी नगरपालिकाको कोरोना अस्पतालको आइसोलेसनमा ल्याइने जानकारी पाएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिनुभयो । बाँकी ४ जनालाई भने बाहिरै लैजाने जानकारी रहेको मेयर राईले बताउनुभयो ।