
पूणर्पुष्टि, साउन, ६
कोरोना भाइरसका कारण लकडान भए सँगै लामो समय देखि सार्वजानिक यातायात ठप्प छ । चैत्र ११ देखि गरिएकको लकडाउन पश्चात अहिले सम्म कुनै पनि सार्वजानिक यातयातहरु आधिकारिक रुपमा चल्ल पाएका छैन् । नेपाल यातायात व्यवसायी संघले बन्द गरिएको सार्वजानिक यातायात साउन ८ देखि आधिकारिक रुपमा संञ्चालन गर्ने निणर्य गरेको छ ।
मंगलबार व्यवसायीहरुले पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निणर्य गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।
