Saturday, August 8News That Matters

उदयपुरको बेलका बाट अबैध काठ बरामद

  पूर्णपुष्टि, पुष २४ 

उदयपुरको बेलकामा अवैध काठ बरामत भएको छ । बेलका नगरपालिका ३ जोगिनिया  स्थित अमर मग्रातीको घरमा लुकाई छिपाई सालको चिरान काठ राखिएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरले काठ बरामत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला भित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत ई.प्र.का. रामपुरठोक्सिला  बाट प्र.नि.को कमाण्डमा सालको काठ झ्याल ढोकामा प्रयोग गर्ने ५ फिटको १३ वटा, ७ फिटको ४ वटा,७.५फिटको १३ वटा र ४ फिटको २० वटा गरी  जम्मा ५० वटा(२२.५० क्यु फिट) काठ बरामद गरेको हो ।

काठ नियन्त्रणमा लिर्ई  आवस्यक कार्बाहीको लागी सब डिभिजन बन कार्यालय उदयपुर रामपुरठोक्सिलामा बुझाउन पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।