
उदयपुर/बैशाख, २७
नेपालको सबै भन्दा बढी कोरसोना संक्रमण रहेको उदयपुरको भुल्केमा १४३ जना स्थानीयहरुको आज स्वाव संकलन गरिएको छ । जनस्वास्थ्य कार्यलय उदयपुरले आज स्थानीयहरुको स्वाव संकलन गरेको हो ।
भुल्केमा बुधवार मात्रै ३ सय ३४ जनाको पून परिक्षणको रिपोर्ट बाट ३ जनामा कोरोना पुष्टि भए सँगै आज स्थानीयहरुको तत्काल परिक्षण गरिएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहान सुवेदीले जानकारी दिनुभयो ।
आज समेत को ३ जना गरी भुल्केमा मात्रै कोरोना संक्रमणको संख्या ३१ पुगेको छ । उदयपुर नेपालको सबै भन्दा बढी संक्रमण रहेको जिल्ला हो ।
संक्रमित ३१ मध्येबाट १४ जना भने निको भएको छ । त्यसमा १ जना महिला मोतिगडाको क्वारेन्टाइन छ भने अरु हाल विराट नगरकै क्वारेन्टाइनमा रहेको छ । नेपालमा अहिले १ सय ९ जना कोरोना संक्रमण रहेको छ भने, नेपालभरी उपचार पछि ३१ जना निको भएर फिर्किएका छन् । अहिले सम्म मृत्यु भने भएको छैन् ।
