Wednesday, May 13News That Matters

संक्रमित ३ जनालाई आजै विराटनगर लगियो

पूर्णपुष्टि, बैशाख, २७

देशको सबैभन्दा बढि कोरोना प्रभावित स्थान भुल्केमा गरिएको पुन परिक्षणमा भेटिएका ३ जना संक्रमितलाई आजै एम्बुलेन्सबाट विराटनगर कोशि कोरना उपचार हस्पिटल लगिएको छ ।

देशको सबैभन्दा बढि कोरोना प्रभावित स्थान भुल्केमा गरिएको पुन परिक्षणमा भेटिएका ३ जना संक्रमितलाई आजै एम्बुलेन्सबाट विराटनगर कोशि कोरना उपचार हस्पिटल लगिएको छ । गत २४ गते स्वाव संकलन गरि पुन  परिक्षण हुदा उनिहरु संक्रमित दृखिएका हुन । संक्रमित तिनैजना महिला हुन् । आजका संक्रमित संगै भुल्केमा संक्रमितको संख्या ३१ पुगेको छ । १ नंं  प्रदेशमा ३४ पुगेको छ । देशभरमा १०९ पुगेको छ ।

वैशाख ५ देखि लक गरिएको भुल्केलाई केहि खुकुलो पार्दै जाने प्रकिया अनुरुप पुन परिक्षण गरिदा संक्रमित थपिए पछि लक कायमै भएको छ ।