
पूर्णपुष्टि, चैत्र १०
उदयपुर गाईघाट स्थित बाँसवारीमा रहेको मदन भण्डारी आँखा अस्पतालको उद्घाटन् शुक्रबार हुने भएको छ । उक्त भवनको उद्घाटन एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । नवनिर्मित भवन करिब २ बर्ष अघिनै तयारी भएको भएपनि कोभिडका कारण समयमै उद्घाटन गरी संञ्चालनमा ल्याउन नसकिएको नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले जनाए । बिभिन्न भवन निर्माणको कार्य र उपकरण तथा बाटाघाटो निर्माण सहित ४ करोड बढी लगानीमा निर्माण भएको भवनको औपचारिक रुपमा शुक्रबार केपी शर्मा ओलीले गर्ने गरी कार्यक्रम तयार पारिएको राउतले जनाए ।

उदयपुरमा धेरै पहिला स्थापना भएको नेपाल नेत्र ज्योति संघले करिब १३ बर्ष पछि आफ्नै भवन पाएको छ । भवन नहुँदा भाडामा संघले बिरामीलाई सेवा दिईरहेको अवस्थामा अब आफ्नै भवन बाट सेवा सुरु गर्ने राउतले जनाए । भवन निर्माण सँगै आँखा उपचारमा प्रभावकारी बन्ने भएको छ । बिषेशज्ञहरुको सल्लाह अनुसारको अत्याधुनिक उपकरणहरु सहित भबन निर्माण भएको हो । ३० बेड बराबरको उक्त भवनमा आँखा उपचारको जटिल देखी सामान्य सबै उपचारहरु उपलब्ध हुने जनाईएको छ । भोली उद्घाटन सँगै सेवा पनि सुरु गरिनुका साथै मोतिविन्दु र जलविन्दु जस्ता जटिल अपरेसन यहिँबाट थालिने जनाईएको छ । रेटीनाको अपरेशनको लागि भने लाहान पठाईने छ ।
