
पूर्णपुष्टि,चैत्र २८ । जिल्लाको कटारी नगरपालिका वडा नं।९ स्थित लिम्पाटारमा स्थानीय कृषकहरुलाई गोठ निर्माण साथै गोठ सुधारका लागि आवश्यक सामाग्री वितरण गरिएको छ । सोमबार त्यस क्षेत्रका ८ घरलाई गोठ निर्माणका लागि जस्तापाता र हिल ट्यान्क, र दश घरलाई गोठ सुधारका लागि सिमेन्ट र पञ्जा लगायतका सामाग्री वितरण गरिएको हो ।
कृषकहरुलाई गोठ सुधार गर्दै कृषी कार्यक्रममा सहजता ल्याउने उद्देश्यका साथ कृषक सामाग्री वितरण गरेको वडाध्यक्ष वेगबहादुर आले(सुनिल)ले जानकारी दिए । मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुर र वल्ड भिजन नेपालको सहयोगमा सामाग्रीहरु वितरण गरिएको हो ।
