
पूर्णपुष्टि, साउन १३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा रहेको महिला सुरक्षावासमा पर्याप्त कोठा नहुँदा हिंसा प्रभावित महिला तथा किशोरीलाई प्रादान गरिने सेवा प्रभावित भएको छ । कोठाको क्षमता भन्दा बढी हिंसा प्रभावित सेवाग्राही आउने भएकोले सेवा प्रदान गर्न समस्या भएको हो ।
ओरेक उदयपुर र त्रियुगा नगरपालिकाको साझेदारिमा सञ्चालित सुरक्षावासमा जम्मा १२ वटा मात्रै कोठा भएकाले सेवा प्रभावित भएको ओरेक उदयपुरका जिल्ला इन्चार्ज पम्फा पुरीले बताउनुभयो ।
वर्षेनी पिडित महिलाहरुको संख्या घट्ने भन्दा पनि बढ्दो क्रममा रहेकोले सेवाग्राहिको संख्यामा वृद्धि भएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा जिल्ला स्तरीय रुपमा सञ्चालन भएको सुरक्षावास सेवा केन्द्रमा जिल्लाको मात्र नभएर छिमेकी जिल्लाबाट पनि पिडित महिला तथा किशोरी सेवा लिन आउने गरेको अझ समस्या भएको इन्चार्ज पुरीले बताउनुभयो । उहाँका अनुसार क्षमता भन्दा बढी धान्न नसक्ने भएपछी कहिले अन्य जिल्ला रेफर गरिने त कहिले भएको ठाउँमा दुखले सेवा प्रदान गर्दै आएको बताउनुभयो । पिडितलाई तत्काल सेवादिनुपर्ने अवस्था छ तर बस्ने ठाउँको समस्या हुदा पिडितलाई अन्य कुनै स्थानमा पठाउनु पर्दा आफु दुखी हुने बताउनुहुन्छ ।
जिल्लाभरी रहेको स्थानिय तहले कम्तिमा सुरक्षावासलाई व्यवस्थित र केही कोठाहरु थप गरी फरक क्षमता भएको सेवाग्राहिको लागि बाटो, शौचालय निर्माणमा ध्यान पुर्याइदिनु भए अझ बढी सेवा दिन सकिने पुरी बताउनुहुन्छ ।
२०७८/०७९को तथ्याङ्क अनुसार जिल्लामा घरेलु हिंसा ५६ जना, सामाजिक हिंसा ८ जना, यौन हिंसा ११ जना, अन्य अलपत्र ११ जना रहेका छन् । पालिकाको आधारमा सबै भन्दाबढी हिंसा पिडित त्रियुगाका–३२ ,बेलकाका–६, रौतामाईका–६,चौदण्डीका–५, ललिम्चुङ्बुङका–३, उदयपुरगढीका–११, कटारी–५ र ताप्लीका–१ जना रहेको छन् ।
जिल्ला भन्दा बाहिरका हिंसा पडित महिला तथा किशोरीहरु यहाँको सुरक्षवासमा रहेका छन् । चितवन–१, खोटाङ–१, मोरङ–४, सिराहा–१, महोतरी–१, सप्तरी–१, मकवानपुर–२, झापा–१, इलाम–१ र सुनसरी–२ जना सुरक्षवासमा रहेका छन् । त्यसैगरी, बोल्न नसक्ने ठाउँ थाहा नभएको संख्या १ रहेको छ ।
लैङ्िगक हिंसालाई अन्त्य गर्न अब आउनेदिनहरुमा पिडितलाई सेवा दिदैँ, अझै प्रभावकारी भूमीका खेल्ने इन्चार्ज पुरीले जानकारी दिनुभयो ।

