
पूर्णपुष्टि, पुस २७ ।
पृथ्वी जयन्तीको अवसरमा आज नेपाली सेनाले नेपालको ऐतिहासिक स्थल मध्येको एक उदयपुरगढीमा ३८ फिट अग्लो राष्ट्रिय झण्डात्तोलन गरेको छ ।
उदयपुरगढी गाउँपालिकाको सहयोगमा नेपाली सेनाले झण्डा राखेको हो । सेना सलामीसहित गरिएको झण्डोत्तोलन कार्यक्रममा सेनाको १८ नं. वाहिनीपति मनोजकुमार वैदवार, श्रीपशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्लेको उपस्थिति थियो भने गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, उपाध्यक्ष जसबहादुर खड्का, माओवादी नेता देव गिरी, पालिका प्रवक्ता सहेक वि.क लगायतको उपस्थिती थियो ।
झण्डाले सो ठाउँको महत्व अझ बढाएको छ । टाढैबाट देख्न सकिने हुँदा पर्यटकीय हिसावले आकर्षण थपिएको छ ।
सेनाले सो स्थानमा गत दशैंमा कालिकादेवीको मुर्ती प्रतिष्थापन गरेको थियो । नेपाली सेनाले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा निर्मित गढी तथा लडाईस्थलहरुको संरक्षणमा जुट्दै आएको छ ।
फाेटाे फिचर


