
पूर्णपुष्टि, बैशाख ३०
उदयपुरको उदयपुरगढी गाउँपालिकामा ५ घण्टाको अबधिमा ४० प्रतिशत मत खसेको छ । बिहान ७ बजे बाट सुरु भएको मतदान कार्य १२ बजे सम्म ४० प्रतिशत मत खसेको उदयपुरगढीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मतदान कार्य शान्तिपूर्वक र उल्लासमय रहेको जनाईएको छ । यहाँ नेपाली कांग्रेस, माओवादी र समाजवादी गरी तिन दलीय गठबन्धन र एमाले बिच प्रतिस्पर्धा रहने जनाईएको छ । यस पालिकामा जम्मा २०२५२ जना मतदाताहरु रहेका छन् भने ११ मतदान स्थल र २६ ओटा मत केन्द्रहरु रहेका छन् ।
पालिकाको ५ नं वडामा भने पानीका कारण केहि समय मतदान कार्य रोकिएको थियो । अहिले भने पूनः संञ्चालन गरी मतदान कार्य सुरु गरिएको छ ।
