Friday, June 26News That Matters

उदयपुरगढी गाउँपालिका १ तावाश्री बालमैत्री वडा घोषणा

पूर्णपुष्टि, ६ असार ।
उदयपुरगढी गाउँपालिका १ नं वडा तावाश्री बालमैत्री वडा घोषणा भएको छ । बालमैत्रीका लागि करिब ५१ ओटा सूचकहरुको मापदण्ड पुरा गर्दै बालमैत्री वडा घोषणा भएको वडाअध्यक्ष दिल वहादुर राना मगरले जनाए । रानाका अनुसार लामो समयको संघर्ष र प्रयास पश्चात वडालाई बालमैत्री वडा निर्माण गर्न सकिएको जनाए । उनले पहिलो कार्यकालको जनप्रतिनिधिहरुले पनि यसका लागि प्रयासहरु थालनी गरेको जनाए ।

संघ संस्था, बालवालिका, अबिभावक, शिक्षक, स्थानीय सरकार र वडावासी लगायतका सबैको प्रयास पहलले वडालाई बालमैत्रिपूर्ण बनाउन सफल भएको अध्यक्ष रानाले बताए । यसका लागि हुरेण्डेक उदयपुर र जाल्पा एकीकृत बिकास समाज उदयपुरले बिषेश सहयोग र पहल गरेको रानाको भनाई छ । उक्त वडालाई मंगलबार जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरब बहादुर विश्वकर्माले घोषणा पत्र सार्वजानिक गर्दै उदयपुरगढी १ तावाश्री बालमैत्री वडा घोषणा भएको जानकारी गराएको हो ।

वडा घोषणा सँगै प्रमुख बिश्वकर्माले उदयपुरगढी गाउँपालिका १ तावाश्रीमा बाबालिकाहरु अधिकारमुखी बनेको जनाए । बालमैत्रीका लागि आवश्यक सूचकहरु बालबालिकाको हकअधिकारको रुपमा निर्माण भएको भन्दै त्यहाँको बालवालिकाहरु अब अधिकार प्राप्त रहेको जनाए । उनले बालमैत्री घोषणा भन्दा पनि कार्यन्वन पक्षलाई ध्यान दिन अनुरोध गरे । बालमैत्री वडा घोषणा सँगै त्यको ब्यवहारिक पक्षलाई भने ध्यान दिनु पर्ने कुरा मुख्य रहेको उनले जनाए । तावाश्री स्थित धुवाजन माध्यमिक विद्यालय बाहुनी डाँडाँमा भएको कार्यक्रममा समन्वय प्रमुख गौर बहादुर विश्वकर्मा, पालिका प्रमुख मान वहादुर केप्छाकी मगर, जाल्पा एकीकृत विकास समाजका अध्यक्ष पुष्प पोखरेल, हुरेण्डेक उदयपुरका अध्यक्ष संकर थापा, पार्टी प्रतिनिधिहरु, अबिभावक, शिक्षक, विद्यार्थी, बालवालिका, पत्रकार लगायत सम्पूर्ण वडावासीहरुको उपस्थितिमा बडालाई बालमैत्री घोषण गरिएका थिए ।